मोदी कश्मीर आउँदा आक्रमण गर्ने योजना थियो, नआएपछि पर्यटकमाथि आक्रमण

डिसी नेपाल
१० वैशाख २०८२ १७:१०

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आक्रमण पूर्वनिर्धारित समयमा नभएको र पूर्वयोजना सफल नभएपछि पर्यटकमाथि आक्रमण गरिएको मिडिया रिपोर्टमा दाबी गरिएको छ । भारतको चर्चित मिडिया द प्रिन्टले यस्तो दाबी गरेको हो ।

द प्रिन्टको एक रिपोर्टले दाबी गरेअनुसार आतंककारीहरूले अप्रिल १९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको कटरा भ्रमणको अवसरमा आक्रमण गर्ने योजना बनाएका थिए। भारतीय प्रधानमन्त्री मोदी अप्रिल १९ मा कटरा जाने पुर्वनिर्धारित योजना थियो तर पछि कारणवश यो भ्रमण रद्द गरिएको थियो।

द रेजिस्टेन्स फ्रन्टले आक्रमणको जिम्मेवारी लिएको छ । रिपोर्टका अनुसार यो आक्रमणमा चार लश्कर आतंककारीहरू संलग्न थिए, जसमा दुई स्थानीय पनि थिए। एक जना त्रालका थिए र अर्को बिजबेहराका।

२ जना पाकिस्तानी आतंककारीहरू पश्तून पृष्ठभूमिका थिए। रिपोर्टले स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ ‘आक्रमणलाई स्थानीय समूहले गरेको जस्तो देखाउने योजना थियो। आतंककारीहरू बडीक्याम र एके-४७ ले सुसज्जित थिए।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *