रघुजी पन्त शिक्षामन्त्री बन्दै

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षामन्त्री बन्ने भएका छन्।
शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको र भोलीमात्रै शपथ गराउने तयारी भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएकी थिइन्। शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन चलिरहेको समयमा भट्टराईको राजीनामा आएको थियो।
प्रतिक्रिया
Facebook Comment