सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका-५ मुड्खु चेकपोष्ट नजिक सडकमा बा.५७ प ६१६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका-३ मुड्खु बस्ने काठमाडौं सिनामंगल घर भएका २९ वर्षीय सुरज हुमागाईको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
यस्तै मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा को.१ ख ७४८२ नम्बरको बसले स.४ प ५८४१ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुर बेलका नगरपालिका-४ बस्ने ५५ वर्षीया कुमारी आचार्यको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comment