तीनकुने घटना: दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई तीन दिन म्याद थप

डिसी नेपाल
१० वैशाख २०८२ २०:१७

काठमाडौं। काठमाडौंको तीनकुनेमा गरिएको प्रदर्शन, तोडफोड, आगजनीलगायत घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत २४ जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतमा आज उनीहरूलाई पेस गरिएकामा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

चैत १५ गते भएको उक्त घटनामा उनीहरूलाई पक्राउ गरी परिसरले अनुसन्धान गरिरहेको छ। पचासी जनालाई पक्राउ गरी अनुसन्धान भइरहेकामा २१ जना हाजिरी जमानीमा छुटेकाले अहिले ६४ जनामाथि अनुसन्धान भइरहेको छ।

त्यसमध्ये प्रसाईं र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको छ। बाँकीलाई भने आपाराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाइएको छ। तीनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ घाइते भएका थिए।

सरकारीलगायत निजी संरचनामा आगो समेत लगाइएको थियो भने तोडफोड समेत भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *