दुई किलो चरेससहित होटेल सञ्चालक पक्राउ

धनगढी । कञ्चनपुरमा दुई किलो चरेससहित प्रहरीले एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ को बंकमा रहेको डिलासैनी होटल एण्ड लजका सञ्चालक ५० वर्षीय पदमबहादुर कार्की रहेका छन्।
उनलाई बुधबार इलाका प्रहरी कार्यालय झलारी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा दुई किलो तीन सय १५ ग्राम चरेससहित पक्राउ गरेको हो। कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment