आतंकवादी आक्रमणमा मृत्यु भएका सुदीप न्यौपानेको त्रिवेणीमा अन्तेष्टि

बुटवल। भारतको जम्मू-काश्मिरको पाहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको त्रिवेणीमा अन्तेष्टि गरिएको छ।
मंगलबार आतंककारीहरूको आक्रमणमा मृत्यु भएका बुटवल-११, कालिकानगरका सुदीप न्यौपानेको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो। उनको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउ ल्याइएको थियो। त्यहाँबाट नेपाल भारतको सीमा सुनौली हुँदै बुटवलसम्म शव ल्याइएको हो।
निवासमा केही बेर राखेपछि अन्तेष्टिका लागि न्यौपानेको शव त्रिवेणीमा पुर्याइएको थियो। सुदीप आमा, बहिनी र ज्वाईंसहित घुम्न कश्मीर गएका थिए।
सो क्रममा आतंकवादी आक्रमणमा परि न्यौपानेसहित २७ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया
Facebook Comment