सशस्त्र प्रहरिको गोताखोरले ५० फिट गहिराइबाट निकाल्यो शव

डिसी नेपाल
११ वैशाख २०८२ १५:४९

वैशाख । सुर्खेतको सिम्ता गाउँपालिका–४ भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको शव सशस्त्र प्रहरी बलको गोताखोरले ५० फिट गहिराइबाट निकालेको छ।

५८ वर्षीय गोबिन्द पोख्रेल डुबेर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर-६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले आज शव निकालेको हो।

नदीमा डुबेर बेपत्ता भएको खबर पाएसँगै खोजीका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेश चिप्ले सुर्खेतबाट टोली परिचालन भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *