कश्मीर आतंकवादी आक्रमणका आरोपीको जानकारी दिनेलाई भारी पुरस्कारको घोषणा

डिसी नेपाल
११ वैशाख २०८२ १६:२६

काठमाडौं । अनन्तनाग प्रहरीले बिहीबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा संलग्नहरूको तस्बिर जारी गरेको छ।

अनन्तनाग प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा तस्वीर जारी गर्दै तीन जनामध्ये दुई जनालाई पाकिस्तानी नागरिकको रूपमा पहिचान गरेको छ र तीनै जना चरमपन्थी संगठन लश्कर-ए-तैयबासँग सम्बन्धित रहेको बताएको छ।

प्रहरीले ती तीन जनालाई आतंककारीको रूपमा वर्णन गर्दै भन्यो, “उनीहरूको बारेमा कुनै पनि जानकारी दिने जो कोहीलाई २० लाख रुपैयाँ पुरस्कार दिइनेछ।” यी आलंकवादीहरू प्रत्येकको जानकारीको लागि छुट्टाछुट्टै २०-२० लाख पुरस्कार दिइनेछ ।

वास्तवमा, मंगलबार पहलगाम नजिकै बैसरन उपत्यकामा आतंकवादी हमला भएको थियो, जसमा २६ जनाको मृत्यु भएको थियो र धेरै घाइते भएका थिए। पहलगामबाट करिब पाँच किलोमिटर टाढा रहेको बैसरन पर्यटकहरूमाझ धेरै लोकप्रिय छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *