रास्वपाले स्वर्णिम वाग्लेको नेतृत्वमा बजेट छलफलमा प्रभावकारी उपस्थीति जनाउने

डिसी नेपाल
११ वैशाख २०८२ १९:२२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षकहरुले अघि सारेका मागलाई समेत सम्बोधन हुने गरि विधालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले शिक्षकहरुले राखेका मागलाई अध्ययन गर्दै त्यसलाई समेत सम्बोधन हुने गरि विधालय शिक्षा विधेयक पारित गराउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। यसका लागि प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा रहेका सांसद डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टीम बनाउने निर्णय भएको उनले बताए।

त्यस्तै आगामी वर्षको नीति तथा कार्यक्रमका साथै बजेटको छलफलमा पनि प्रभावकारी ढंगले उपस्थिति जनाउने निर्णय बैठकले गरेको छ। नीति तथा कार्यक्रमका साथै बजेटको छलफललाई प्रभावकारी बनाउन उपसभापति डा. स्वर्णिम वाग्लेलाई जिम्मेवारी दिने निर्णय भएको प्रमुख सचेतक परियारले बताए।

त्यस्तै दलको बैठकले राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेको निजामति विधेयकमाथिको छलफलमा समेत पार्टीले प्रभावकारी रुपमा भूमिका निर्वाह गरि छिटो अघि बढाउन पहल गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *