सिद्धान्त लोहनीको उपचारमा क्यानको सहयोग

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडी सिद्धान्त लोहनीको उपचारका लागि रु पाँच लाख सहयोग गर्ने भएको छ।
मधेस प्रदेश क्रिकेट संघको आयोजनामा गत २०८० जेठ १५ देखि २६ गतेसम्म जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो। सोही प्रतियोगिताका दौरान क्रिकेटर सिद्धान्त घाइते भएका थिए। उनले सो प्रतियोगिता कोशी प्रदेशबाट खेलेका थिए।
गण्डकी प्रदेशविरुद्धको खेलमा उनको घुँडामा चोट लागेका थियो। उनको उपचारका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। सिद्धान्तको हाल भारतमा उपचार भइरहेको छ।
प्रतिक्रिया
Facebook Comment