बेंगलुरुले राजस्थानलाई ११ रनले गर्यो पराजित

काठमाडौं। बेंगलुरुले राजस्थानलाई ११ रनले हराएपछि आरसीबीले यो सिजन पहिलो पटक घरेलु मैदानमा जित हासिल गरेको छ। छैटौं जितसँगै आरसीबी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ। विराट कोहलीले ७० रन, पडिक्कलले ५० रनको इनिङ खेलेका थिए भने बलिङमा ह्याजलउडले ४ विकेट लिए।
आइपीएल को ४२ औं लिग खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स बीच बैंगलोरको एम. चिन्नास्वामी स्टेडियममा खेलिएको थियो। यस खेलमा आरसीबीको टोलीले पहिले ब्याटिङ गर्दै २०५ रन बनाएको थियो।
जवाफमा राजस्थानको टोलीले ९ विकेट गुमाएर १९४ रन मात्रै बनाउन सकेको थियो। योसँगै आरसीबीले खेल ११ रनले जित हासिल गरेको हो।
२०६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले राम्रो सुरुवात गरेको थियो। वैभव र यशस्विले ४.२ ओभरमा ५२ रन जोडेका थिए। भुवनेश्वर कुमारले यो खतरनाक साझेदारी तोडेका थिए। उनले वैभवलाइ १६ रनमा आउट गरे।
यसपछि यशस्वी पनि १९ बलमा ४९ रन बनाएर आउट भए। हेजलवुडले उनलाई आफ्नो शिकार बनाए। दुई विकेट खसेपछि पराग र राणाले इनिङ्सको जिम्मा लिएका थिए। यस अवधिमा परागले तीव्र गतिमा रन बनाए।
उनले १० बलमा २२ रन बनाए । उनलाई पाण्ड्याले आउट गरेका थिए। उनी आउट भएपछि ध्रुव जुरेलले आफ्नो इनिङ्सलाई सम्हालेका थिए। तर, हेटमायरले खास केही गर्न सकेनन् र ८ बलमा ११ रन बनाएर आउट भए।
५ विकेट खसेपछि शुभम दुबे र जुरेलले राजस्थानलाई जितको नजिक पुर्याएका थिए। तर ध्रुव ४७ रन बनाएर आउट भए । उनको आउट भएपछि शुभम दुबेले पनि खास केही गर्न सकेनन् र आरसीबीले खेल ११ रनले जित्न सफल भयो।
Facebook Comment