बैशाख १२ मै १२ बजेकै आसपासमा भूकम्प

काठमाडौं । २०७२ को विनाशकारी भूकम्प गएको १० वर्षपछि बेशाक १२ कै दिन फेरि भूकम्प गएको छ । आजको भूकम्प पनि लगभग १२ बजेकै समयमा गएको छ ।
सिन्धुपाल्चोक जिल्लाको फुलपिङकोटमा विहान ११:५३ बजे भूकम्प गएको हो । २०७२ को भूकम्पमा पनि गोरखापछि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको छ । क्षतिको विवरण आइसकेको छैन ।
प्रतिक्रिया
Facebook Comment