चिकित्सकहरूको आन्दोलन जारी

डिसी नेपाल
१२ वैशाख २०८२ १६:४०

काठमाडौं । सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै आन्दोलनरत चिकित्सकहरुले शुक्रबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ।

आवासीय चिकित्सकलाई सेवा सुविधा दिने निर्णय भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरूले शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौं तहको तलव संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन्।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले न्यूनतम पारिश्रमिक नदिने तर आवासीय डाक्टरलाई काममा फर्कन निजी मेडिकल कलेजले दवाव दिएको बताए। उनले सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक पाउने वातावरण नवनेसम्म आन्दोलन जारी राख्ने बताए।

आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह सेवा दिने निर्णय कार्यान्वयन नभएको भन्दै नेपाल चिकित्सक संघको नेतृत्वमा आवासीय डाक्टरले आन्दोलन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *