स्कुटरमा आगलागी

डिसी नेपाल
१२ वैशाख २०८२ १८:४९

धनगढी । कैलालीको धनगढीमा एक जनाको स्कुटरमा आगलागी भएको छ।

धनगढी उपमहानगरपालिका–१३ राना टोल बस्ने पार्वतीदेवी जोशीको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ३८०५ नम्बरको इलेक्ट्रिक स्कुटरमा आगलागी भएको प्रहरीले जनाएको छ।

घरको आगनमा पार्किङ गरी चार्जमा राखेको स्कुटरमा विद्युत् सर्ट भई आगलागी भएको जनाइएको छ।आगलागीबाट स्कुटर पूर्णरूपमा जलेर करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *