एपिएफ र पुलिस क्लब महिला भलिबलको फाइनलमा

डिसी नेपाल
१२ वैशाख २०८२ १९:०७

काठमाडौं। आठौँ शेर बहादुर स्मृति महिला भलिबल प्रतियोगिताको उपाधिका लागि एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने भएको छ।

शुक्रबार भएको सेमिफाइनलमा न्यु डाइन्मण्ड भलिबल क्लबलाई हराउँदै एपिएफ र त्रिभुवन आर्मी क्लबलाई हराउदै पुलिस क्लब फाइनल प्रवेश गरेको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा एपिएफले न्यु डाइमन्डविरुद्ध ३–१ को जित निकाल्यो । एपिएफले न्यु डाइमन्डलाई २५–१६, २५–२२, २३–२५ र २५–२३ ले पराजित गरेको हो।

त्यस्तै शुक्रबार नै भएको दोश्रो सेमिफाइनलमा पुलिस क्लबले त्रिभुवन आर्मीलाई ३–० को साझो सेटमा पराजित गर्यो । खेलमा पुलिसले आमीलाई २५–६, २५–२३ र २५–२२ ले हरायो।

फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ भने विजेताले ४ लाख ९९ हजार र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *