भूकम्पअघिको जस्तै बारपाक बनाउन सकिएन: मुख्यमन्त्री पाण्डे

डिसी नेपाल
१२ वैशाख २०८२ २३:०४

गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुनःनिर्माणले भूकम्पअघिको जस्तै बारपाक बनाउन नसकिएको बताएका छन्।

१०औँ गोरखा भूकम्प स्मृति दिवसको अवसरमा शुक्रबार बारपाक सुलिकोट गाउँपालिकाले बारपाकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बारपाकको पुराना शैली र संरचना हराएको बताए। ‘भूकम्पभन्दा पहिलाको बारपाक र अहिलको बारपाकको जुन संरचना निर्माण भएका छन्, त्यो धेरै फरक भएको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘बारपाक हेर्न आउने पर्यटकका लागि भूकम्पअघिको जस्तो बारपाक हामीले बनाउन सकेनौँ।’

भूकम्पपछिको पुनःनिर्माणले उनले बारपाकको मौलिकता हराएको भन्दै त्यसलाई उस्तै बारपाक बनाउने एउटा अवसर गुमाइएको बताए। भूकम्पपछि बारपाकमा गर्नुपर्ने धेरैजसो पुनःनिर्माणको काम सम्पन्न भइसकेको र बाँकी रहेका कामलाई छिटो सम्पन्न गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *