एनएसएल फाइनल खेल आज, बिजेताले ८० लाख पुरस्कार पाउने

डिसी नेपाल
१३ वैशाख २०८२ ६:४९

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुँदैछ। ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिड्न आइपुगेका हुन्।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशि घोषणा गरेको हो।

जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *