पठानका निर्माताले श्री श्री रवि शंकरको जीवनीमा फिल्म बनाउँदै

डिसी नेपाल
१३ वैशाख २०८२ ९:२३

मुम्बई। पछिल्लो २० वर्षमा सिद्धार्थ आनन्दले भारतीय सिनेमालाई धेरै उत्कृष्ट फिल्म दिएका छन्। उनले शाहरुख खानदेखि ऋतिक रोशनसम्म सबैसँग काम गरिसकेका छन्। सिद्धार्थ आनन्दले सलाम नमस्ते, ब्याङ ब्याङ, वार, पठान र फाइटर जस्ता फिल्म बनाएर भारतीय सिने उधोगलाई नयाँ उचाईमा लगेका छन्।

हालै सैफ अली खानसँगको उनको ‘ज्वेल थीफ’ पनि ओटीटी मा रिलिज भइसकेको  छ। यसैबीच, ‘उँचाई’ र ‘नाग्जिला’ पछि सिद्धार्थ आनन्दले महावीर जैनसँग फेरि नयाँ प्रोजेक्टमा काम गरिरहेका छन्। सिद्धार्थले महावीर जैन फिल्म्ससँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रोजेक्ट ‘व्हाइट’ बनाउँदै छन्।

‘व्हाइट’ गुरुदेव श्री श्री रविशंकरको जीवनीमा आधारित अन्तर्राष्ट्रिय थ्रिलर फिल्म हो। फिल्मको प्रि–प्रोडक्सन धमाधम भइरहेको छ र सिद्धार्थ आनन्द र महावीर जैनको जोडीले फिल्मको मुख्य अभिनेताका रूपमा विक्रान्त मेसीलाई फाइनल गरेका छन्। जुलाईबाट छायांकन सुरु हुने यस ग्लोबल थ्रिलरमा विक्रान्त मेसी श्री श्री रविशंकरको भूमिकामा देखिनेछन्। हाल कोलम्बियामा फिल्मको तयारीको काम तिब्र रुपमा चलिरहेको छ।

फिल्म निर्माताले श्री श्री रविशंकरको जीवनको वास्तविक कथालाई चित्रण गर्न लस एन्जल्सबाट एक अन्तर्राष्ट्रिय स्टार र टोली ल्याउने योजना पनि बनाइरहेको छ। यो फिल्मले कोलम्बियाको ५२ वर्ष लामो गृहयुद्धलाई श्री श्री रविशंकरले कसरी हल गरेका थिए ? भनेर देखाइने छ।

ह्वाइटसँगै सिद्धार्थ आनन्द र महावीर जैनले इतिहासको सबैभन्दा लामो समयदेखि चलिरहेको द्वन्द्वलाई समाधान गर्न कसरी प्राचीन भारतीय ज्ञानले महत्त्वपूर्ण भूमिका खेलेको थियो भनेर प्रकाश पार्ने प्रयास गर्नेछन्।

यो चलचित्रले शान्ति र मानवताको काम चिनिएको कथालाई ठूलो पर्दामा प्रस्तुत गर्नेछ। यो फिल्म मार्फलिक्स पिक्चर्सले महावीर जैन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्नेछ । पिस क्राफ्ट पिक्चर्सको सह–निर्माता रहेको यस चलचित्रलाई प्रसिद्ध विज्ञापन निर्माता मोन्टु बास्सीले निर्देशन गर्नेछन्।

विक्रान्त मेसीले पनि फिल्मको तयारी सुरु गरिसकेका छन्। उनले गुरुदेव श्री श्री रविशंकरलाई पनि भेटेका छन् र वास्तविक जीवनमा उनको शरीरको भाषा अवशोषित गर्दैछन्। हिन्दी, अङ्ग्रेजी र स्पेनिस भाषामा बन्ने यो फिल्म धेरै अन्तर्राष्ट्रिय भाषामा डब गरिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *