जसपा नेपालले पहिचानको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने

डिसी नेपाल
१३ वैशाख २०८२ १०:२५

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पहिचानको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने भएको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पहिचानको आन्दोलनको प्रतिनिधित्व गर्ने राष्ट्रिय राजनीतिक दल जसपा नेपाल भएको भन्दै पहिचानको आन्दोलनमा पार्टीको नेतृत्वदायी भूमिका रहने बताएका हुन्।

‘नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) समेतको सहमतिमा प्रदेश नं १ लाई कोशी प्रदेश नामकरण गर्ने प्रदेश सभाको निर्णयको जसपा नेपाल सुरुदेखि नै विपक्षमा उभिएको छ। त्यसको विरुद्धमा जारी आन्दोलनमा पार्टीले नेतृत्वादायी र सक्रिय सहभागिता जनाएको छ,’ बस्नेतले भने।

जसपा नेपाल सुरुदखि नै पहिचानमा आधारित दस जोड एकको राज्य पुनर्संरचनाको प्रस्तावको पक्षमा उभिएको पार्टी हो। कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनलाई निष्कर्षमा पुर्याउन जसपा नेपालले आन्दोलनप्रति ऐक्यबद्धता र समर्थन गरेर नपुग्ने भन्दै उनले पार्टीले अब आन्दोलनको नेतृत्व गर्ने बताए।

जसपा नेपालले पार्टीका सह–अध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा आन्दोलन परिचालन तथा समन्वय समिति गठन गरेको छ। उक्त समितिको आयोजनामा आगामी वैशाख २० गते पार्टीले सुनसरीको धरानमा कोशी नाम र केबलबार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्न लागेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *