प्रदेश प्रमुख मियाँ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहबीच भेट

डिसी नेपाल
१३ वैशाख २०८२ ११:४१

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेट भएको छ।

शनिबार प्रदेश प्रमुखको निवासमा प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट भएको हो। भेटमा मुख्यमन्त्री शाहले प्रदेश सरकारको कामकारबाही, भारत भ्रमणका सम्बन्धमा प्रदेश प्रमुखलाई जानकारी जानकारी दिएका थिए।

उनीहरूबीच र संसद सूचारु गर्ने विषयमा छलफल भएको थियो। भारत सरकारको निमन्त्रणमा वैशाख १६ गते देखि २२ गतेसम्म मुख्यमन्त्री शाहसहितको १० जनाको टोली भारत जाने कार्यक्रम तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *