शिक्षकहरूको आन्दोलन २५औं दिन पनि जारी

डिसी नेपाल
१३ वैशाख २०८२ १४:१५

काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्तासँग आन्दोलनलाई पनि निरन्तरता दिएको छ।

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले शनिबार २५औं दिन पनि आन्दोलन जारी राखेको हो।

शनिबार सरकारसँग भएको वार्ता निष्कर्ष बिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो।

आफूहरूको माग पुरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघले स्पष्ट पारेको छ। शनिबार काठमाडौंको बिजुलीबजारमा आन्दोलनका लागि आएका शिक्षकहरुले शिक्षकको माग पूरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगाएतका नारालगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *