धनगढी आउँदै गरेको ट्रक रुवसकाँडामा मोटरसाइकलसँग ठोक्किँयो

डिसी नेपाल
१३ वैशाख २०८२ १६:५२

धनगढी । डोटीको रुवसकाँडामा ट्रक र मोटरसाइकल ठोकिएका छन्। जिल्लाको जोरायल गाउँपालिका–२ रुवसकाँडामा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २५५४ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–००८ प ११ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।

जिल्ला प्रहरी कार्यालय, डोटीले बैतडीबाट धनगढी आउदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोकिएका बताएको छ। बैतडीको पाटन नगरपालिका–१ सकारका ४२ वर्षीय गणेश भट्टराईले चलाएको ट्रक र बझाङको बित्थड चिर गाउँपालिका–१ डिलकन्दारका ४४ वर्षीय हरी बोहराले चलाएको मोटरसाइक ठोकिएका हुन्।

बोहराको शरिर तथा दुबै खुट्टामा चोट लागेको छ। स्थानीय छतिवन स्वास्थ्य चौकी, बुडरमा सामान्य उपचारपछि उनलाई धनगढी ल्याइएको छ। ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *