प्रधानन्यायाधीश राउतमाथि कसले गर्‍यो यस्तो षड्यन्त्र?

डिसी नेपाल
१३ वैशाख २०८२ १९:२२

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत बिहीबार टर्की जाने पूर्वनिर्धारित कार्यक्रम थियो। त्यसका लागि सम्पूर्ण प्रक्रिया पनि पूरा भएको थियो। प्रधानन्यायाधीश राउत टर्कीका प्रधानन्यायाधीशको निमन्त्रणमा त्यसतर्फ जाने तय भएको थियो। उनी टर्कीबाटै अर्कै देश पनि जाने कार्यक्रम थियो।

त्यसका लागि भिसा प्रक्रिया पनि अगाडि बढाइएको थियो। टर्कीबाट अर्कै देश जाने क्रममा रहेका प्रधानन्यायाधीशलाई अर्को मुलुकको पनि  भिसा आबश्नयक थियो तर भिसाविनाको पासपोर्ट आइपुग्यो र अन्तिममा टर्की भ्रमण रोकिएको थियो।

टर्कीबाट अर्को मुलुक जानका लागि भारतमा रहेको कन्सुलर अफिसले भिसा नलगाइ पासपोर्ट फिर्ता गरेपछि अन्तिम समयमा टर्की भ्रमण नै रोकिएको हो। भिसाको काम गर्नुपर्ने जिम्मेवारीमा हेलचेक्राइ हुदा यस्तो अवस्था आएको थियो ।

‘यसमा प्रधानन्यायाधीशज्यूको कुनै कमजोरी देखिँदैन, भिसालगायतका प्रक्रिया अघि बढाउने काम परराष्ट्रको हो, त्यसमा सर्वोच्च प्रशासनले पनि पहल गर्नुपर्ने हो। तर प्रोटोकलमा कमजारी हुँदा सम्माननीयज्यूको टर्की भ्रमण नै रोकिन पुग्यो,’ सर्वोच्च स्रोतले भन्यो, यो षड्यन्त्र हो वा हेलचेक्र्याइँ भविष्यले बताउला।’

राउत प्रधानन्यायाधीशमा नियुक्त भएपछि उनले सर्वोच्च अदालतलाई अन्य मुलुकका सर्वोच्चसँग सम्बन्ध बढाउने कामलाई प्राथमिकता दिँदै आएका छन्। यसअघि उनले भारत भ्रमणसमेत गरेका थिए।

द्विपक्षीय सम्बन्ध बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेका प्रधानन्यायाधीश राउतको टर्की भ्रमण रोकिनुलाई षड्यन्त्रको रुपमा कतिपयले चित्रण गरेका छन्। ‘प्रधानन्यायाधीशलाई कुनै पनि मुलुकले भिसा नदिने भन्ने हुँदैन,’ सर्वोच्च स्रोत भन्छ, ‘यसमा षड्यन्त्रको गन्ध देखिन्छ, यो विषयमा छानविन हुन्छ कि हुँदैन भन्ने विषय पेचिलो बनेको छ।’

टर्की भ्रमण स्थगित भएपनि प्रधानन्यायाधीश राउत भोलि (आइतबार) बेलायत भ्रमणमा जाँदैछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *