माइन्ज बिरूद्ध ब्रायन म्युलिखको सहज जीत

काठमाडौं। बायर्न म्युलिखले पुनः जीत हासिल गरेको छ। बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा शनिबार भएको माइन्जविरुद्ध खेलमा ३-० को सहज जित दर्ता गरेको छ।
एलियान्ज एरिनामा घरेलु टोली बायर्नलाई जित दिलाउन लिरोय साने, माइकल ओलिसे र एरिक डियरले गोल गरेका थिए। जसअनुसार खेलको २७औं मिनेटमा सानेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो। ४०औं मिनेटमा ओलिसेले टोलीको अग्रता दोब्बर बनाएउन सफल भए।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा डियरले गोल गर्दै बायर्नलाई ३-० को सहज जित दिलाइदिए।
जितसँगै बायर्नले ३१ खेलवाट ७५ अंक जोडन सफल छ भने पराजित माइन्ज समान खेलबाट ४७ अंकका साथ सातौं स्थानमा छ ।
प्रतिक्रिया
Facebook Comment