भीडमाथि कार दौडाइएपछि ठुलो संख्यामा मानिसहरू मारिए

काठमाडौं । क्यानडाको भ्यानकुभरमा एउटा कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु भएको छ। स्थानीय प्रहरीले यो जानकारी दिएको छ।
भ्यानकुभर प्रहरीले धेरै जना घाइते भएको बताएको छ र यो घटना शनिबार साँझ सडक महोत्सवको समयमा भएको हो। चालक पक्राउ परेका छन्।
यद्यपि , भ्यानकुभर प्रहरीले अहिलेसम्म कति जना घाइते भएका छन् वा कति जनाको मृत्यु भएको छ भन्ने कुरा खुलाएको छैन।
घटनाका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। त्यसमा एउटा प्रहरीको गाडी र एम्बुलेन्स देखिन्छ। यद्यपि, यो भिडियो सत्य हो वा होइन भन्ने कुरा अझै स्पष्ट भएको छैन।
प्रतिक्रिया
Facebook Comment