पाकिस्तानको भारतलाई धम्की – ‘१३० परमाणु बम तयार छन्’

डिसी नेपाल
१४ वैशाख २०८२ १२:१७

काठमाडौं । पहलगाम आतंकवादी हमलापछि भारतले सिन्धु जल सन्धि निलम्बन गरेको छ । यसको प्रतिक्रियामा पाकिस्तानका रेलमन्त्री हनिफ अब्बासीले भारतलाई आणविक बमको धम्की दिएका छन्। रावलपिंडीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने ‘यदि भारतले पाकिस्तानलाई पानी रोक्यो भने त्यसको उचित जवाफ दिइनेछ।’

हनिफ अब्बासीले भने, ‘हाम्रा सबै क्षेप्यास्त्रहरू भारततिर फर्किएका छन्। यदि भारतले कुनै दुस्साहस गर्ने निर्णय गर्छ भने उसले यसको मूल्य चुकाउनुपर्नेछ। हामीसँग संसारको सबैभन्दा शक्तिशाली आणविक बम छ। हामीले गौरी, शाहीन, गजनवी जस्ता मिसाइल र १३० वटा आणविक बम भारतको लागि राखेका छौं। कूटनीतिक प्रयाससँगै हामीले हाम्रा सिमानाको रक्षा गर्न पूर्ण तयारी पनि गरेका छौं। पहलगाम आक्रमण त एउटा बहाना मात्र हो, सिन्धु जल सन्धि भारतको रडारमा छ।’

हनिफले पाकिस्तानी सेनाले आवश्यक परेमा रेलवे प्रयोग गर्न सक्ने बताए । उनले भने ‘पाकिस्तान रेलवे सेनालाई सहयोग गर्न सधैं तयार छ।’ हनिफ अब्बासी पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता हुन्। उनले आफ्नो राजनीतिक करियर जमात-ए-इस्लामीको सदस्यको रूपमा सुरु गरेका थिए। उनी २००८ मा पीएमएल-एनमा सामेल भएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *