नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेशनल केन्द्र’ बनाउँ : एकनाथ ढकाल

डिसी नेपाल
१४ वैशाख २०८२ १३:०६

काठमाडौं। नेकपा एमालेका सांसद एकनाथ ढकालले नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेशनल केन्द्र’ बनाउन आग्रह गरेका छन्। संसदको आजको बैठकमा बोल्दै सांसद ढकालले सो आग्रह गरेका हुन्।

नेपाल सरकारले यही  मे १६ देखि १८ सम्म काठमाडौंमा आयोजना गर्न लागेको सगरमाथा संवादको तयारीमा सांसदहरुलाइ पनि परिचालन गरियोस भन्दै सुझाब दिने क्रममा सो धारणा राखेका हुन्।

‘पहिलो,  हिमाली देशहरूको वास्तविकता र आवश्यकतालाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन फ्रेमवर्क कन्भेन्सनको नीतिगत एजेन्डामा स्थान दिन सकोस् र नेपाललाई वातावरणीय कूटनीतिमा सशक्त बनायोस्।  हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको गम्भीर र तीव्र प्रभावहरूबारे अन्तर्राष्ट्रिय समुदायमा जागरुकता अभिवृद्धि गरोस्,’ उनको सुझाव रहेको छ, ‘दोश्रो, हिमाली क्षेत्रका राष्ट्रहरूबीच जलवायु परिवर्तनले पारिरहेको बहुआयामिक प्रभावको विषयमा साझा समझदारी विकास गरोस्।’

‘तेश्रो, समावेशी तथा न्यायपूर्ण जलवायु नीतिहरू निर्माण प्रक्रियामा हिमाली राष्ट्रहरूको प्रभावकारी सहभागिता सुनिश्चित गरोस्। नेपाललाई “माउन्टेन लिडरसिपको इन्टरनेशनल केन्द्र’ को  रुपमा विकास गरोस्,’ उनको थप सुझाव रहेको छ, ‘चौथो, जलवायु संकटसँग जुझ्न विकासोन्मुख राष्ट्रहरूलाई आवश्यकपर्ने जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गरोस्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *