कांग्रेस सांसद माया राई तीन दिनसम्म थुनामा रहने

डिसी नेपाल
१४ वैशाख २०८२ १५:२३

काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने भएकी छिन् ।

सहकारी हिनामिनाको अभियोगमा हिजो कपनवाट पक्राउ परेकी सांसद राईलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो।

स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई लिखित पत्रमार्फत जानकारी गराईसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *