साढे २ किलो चरेससहित महिला पक्राउ

डिसी नेपाल
१४ वैशाख २०८२ १६:२६

धनगढी । कैलालीको धनगढीमा एक महिला साढे २ किलोग्राम चरेससहित पक्राउ परेकी छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराबाँडीबाट बेलमती बोहरा पक्राउ परेकी हुन्।

कैलालीको गौरीगंगा नगरपालिका–८ की ५३ वर्षीय बोहराको साथबाट २ किलोग्राम ५८० ग्राम चरेस फेला परेको कैलाली प्रहरीले बताएको छ। वडा प्रहरी कार्यालय, धनगढी र लागु औषध ब्युरो शाखा कार्यालय, धनगढीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *