सप्तरीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २४ जना घाइते

डिसी नेपाल
१४ वैशाख २०८२ १६:४८

जनकपुरधाम । सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन्। मृतक महिलाको पहिचान खुल्न सकेको छैन।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर पल्टेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *