लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा

डिसी नेपाल
१४ वैशाख २०८२ १६:५७

काठमाडौं । सशस्त्र प्रहरी जवान विजय जंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराएका छन् ।

उनले आज विहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन् । सशस्त्र प्रहरी जवान विजय जंगम लोबुचे हिमाल आरोहणका लागि यही बैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरुमा खोज तथा उद्वार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिंदै आइरहेको छ ।

मनाङ जिल्लामा रहेको पर्वतीय उद्वार तालिम शिक्षालयमा समेत हिमाली खोज तथा उद्वार गर्नसक्ने जनशक्ति उत्पादनको लागि तालिम संचालन भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *