चट्याङ लागेर कास्कीमा दुई जनाको मृत्यु

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्गमा काम गरिरहेका दुई मजदुरको चट्याङ लागेर मृत्यु भएको छ।
मृत्यु हुनेमा संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेका छन्। आइतबार दिउँसो परेको चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो।
त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा सिढी लगाउने, रेलिङ हाल्ने र पदमार्ग फराकिलो बनाउन काम आइतबारदेखि थालिएको थियो।
प्रतिक्रिया
Facebook Comment