एमालेको आरोप- प्रतिपक्षीले शिक्षकलाई अनाश्यक उत्तेजित पार्‍यो

डिसी नेपाल
१४ वैशाख २०८२ १७:५१

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीले शिक्षकहरुलाई अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले शिक्षकहरुको आन्दोलनलाई गलत दिशातर्फ लैजानगरि प्रतिपक्षीले अनावश्यक उत्तेजित गर्ने काम गरेको आरोप लगाएका हुन्।

उनले प्रचण्ड सरकारमा हुँदा शिक्षकहरूसँग भएको सहमति कार्र्यान्वयन नहुँदा अहिलेको अवस्था आएको तर्क गरे। बर्तौलाले शिक्षकहरुको जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै विद्यालय फर्कन शिक्षकहरूलाई अपिलसमेत गरे।

बानेश्वरमा आइतबार भएको झडप दुखद भएकाले आगामी दिनमा यस्तो घटना दोहरिन नदिन शिक्षकहरू पनि गम्भीर हुनुपर्ने उनले बताए।

उहाले संसद र सांसदहरूलाई अनावश्यक दवाव दिएर कानून बनायौं भन्ने जितको मनोबल बनाउने प्रयास त्याग्न शिक्षकहरूलाई सुझाव दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *