लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा

काठमाडाैं। सशस्त्र प्रहरी जवान विजय जंंगमले लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराएका छन्।
उनले आज विहान ७ बजेर १२ मिनेटको समयमा ६ हजार १ सय मिटर अग्लोे हिमालको शिखरमा सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका हुन्। सशस्त्र प्रहरी जवान विजय जंंगम लोबुचे हिमाल आरोहणका लागि यही बैशाख २ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले उच्च हिमाली भेगहरुमा खोज तथा उद्दार गर्नसक्ने जनशक्तिको विकासमा तथा उत्तरी सीमानामा सशस्त्र प्रहरी बलको परिचालनमा जोड दिँदै आइरहेको छ।
मनाङ जिल्लामा रहेको पर्वतीय उद्वार तालिम शिक्षालयमा समेत हिमाली खोज तथ उद्दार गर्नसक्ने जनशक्ति उत्पादनको लागि तालिम संचालन भइरहेको सशस्त्र प्रहरीले जनाएकाे छ।
प्रतिक्रिया
Facebook Comment