शिक्षकमाथि दमन गरेर सरकारले निरंकुशता देखायो : लेखनाथ दाहाल

डिसी नेपाल
१४ वैशाख २०८२ १७:५६

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शिक्षकहरुमाथि दमन गरेर सरकारले निरंकुश प्रवृति देखाएको आरोप लगाएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले लामो समयदेखि आन्दोलनरत शिक्षकहरुको माग अनुसार ऐन बनाउन तदारुपता देखाउनुपर्नेमा शिक्षकहरुमाथि दमन गरेर सरकारले निरंकुश प्रवृति देखाएको आरोप लगाएका हुन्।

उनले विभिन्न माग लिएर सडकमा आउनुपर्ने बाध्यता सरकारको लापरवाहीका कारण भएको जिकिर गरे। दाहालले आइतबार बानेश्वरमा शिक्षकहरुमाथि दमन भएको भन्दै भत्र्सना गरे।

उनले शिक्षकहरुलाई माओवादीले उत्तेजित पार्यो भन्ने आरोपको खण्डनसमेत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *