शिक्षक र प्रहरीबीचको झडपमा घाइते भएकी पत्रकार सविनाको आँखामा गम्भीर चोट

डिसी नेपाल
१४ वैशाख २०८२ १८:२९

काठमाडौं । शिक्षक र प्रहरीबीच आइतबार नयाँ बानेश्वरमा भएको झडपमा क्रममा घाइते भएकी पत्रकार सविना कार्कीको आँखामा गम्भीर चोट लागेको छ।

घाइते भएपछि उपचारका लागि कार्कीलाई तिलगंगा आँखा अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सक डा. शिवान्सी श्रेष्ठले चोटको कारणले दुवै आँखाको लेन्सहरू सुन्निएको र आँखाभित्र रगत जमेको जानकारी दिए।

आँखाभित्र रगत जमेका कारण आँखाको प्रेसर बढेको र रेटिनाको अवस्था जाँच गर्न समस्या भएको उनले बताए। रगत जमेको अवस्था कम भएपछि रेटिनाको अवस्था परीक्षण हुने भन्दै डा श्रेष्ठले अहिले औषधी दिइएको जानकारी दिए।

पत्रकार कार्कीले निषेधित क्षेत्र तोड्नलाई आक्रोशित भएपछि एक्कासी प्रहरीले पानीको फोहोरा प्रहार गर्दा आफूलाई लागेको बताए। शनिबार नै निषेधित क्षेत्र खोजेका शिक्षकहरूले आइतबार त्यस्तै मनस्थीति बनाएर प्रदर्शनमा उत्रिँदा झडपको अवस्था आएको उनको भनाइ छ। उनले समाचार संकलन गरिरहदा एक्कासी पानीको फोहोरा आएर आफ्नो आँखामा लागेको बताए।

यस्तै पत्रकार कार्कीको स्वास्थ्य अवस्थाको जानकारी लिँदै पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पछिल्लो समय पत्रकारको सुरक्षामा चुनौति देखिएको बताए। चैत्र १५ गतदेखि अहिलेको सम्मको घटनामा पत्रकारहरूले पनि आफ्नो सुरक्षा ख्याल गरेर मात्रै घटनास्थलमा जाने अवस्था पैदा भएको उनले उल्लेख गरे।

उनले पत्रकार महासंघले गर्नुपर्ने दायित्वका लागि आफू अग्रसर रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *