लगानी बोर्डद्वारा रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत

डिसी नेपाल
१४ वैशाख २०८२ १८:५७

काठमाडौं । लगानी बोर्डले आफ्नो रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले लगानी बोर्डको कार्यालयको रणनीतिक तथा व्यवसायीक योजना स्वीकृत गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए।

त्यस्तै बैठकमा बोर्डका सिइओ सुशिल ज्ञवालीले ६० र्औ बोर्ड बैठकले गरेका निर्णयको कार्यान्वयनका बिषयहरुका बारेमा जानकारी गराएको प्रवक्ता उपाध्यायले बताए।

बैठकका लागि तय भएका १९ वटा एजेण्डामध्ये आइतबार २ वटा एजेण्डामाथि मात्रै छलफल भएको र अन्य एजेण्डाका बिषयमा अर्को साता बस्ने बैठकमा छलफल हुने उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *