७२ वर्षीय वृद्धको हत्या

डिसी नेपाल
१४ वैशाख २०८२ १९:४४

विराटनगर । संखुवासभाको खाँदबारीमा वृद्धको हत्या भएको छ। खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ७२ वर्षीय मीनबहादुर कुमालको सुतिरहेकै स्थानमा हत्या भएको हो।

संखुवासभा प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार घरको बरन्डाको कोठामा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजेतिर वृद्धको हत्या भएको हो।

घाँटी थिचेर गम्भीर घाइते बनाएको अवस्थामा उनलाई उपचारका लागि मनकामना सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेका थिए ।

दुई जनाले श्रीमानमाथि आक्रमण गरिरहेको देखेपछि उनकी श्रीमतीले हो-हल्ला गरेकी थिइन्। छिमेकी घटनास्थलमा पुग्नुअघि नै आक्रमणमा संलग्नहरू फरार भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *