शिक्षकहरूको आवाजलाई दमन गर्नु गलत : महामन्त्री थापा

डिसी नेपाल
१४ वैशाख २०८२ २०:५५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूको आवाजलाई दमन नगर्न चेतावनी दिएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमार्फत थापाले शिक्षकहरूको आवाजलाई दमन नगरी संवादबाट समस्या सामाधान गर्न सुझाव दिए।

‘चाँडोभन्दा चाँडो शिक्षकहरूलाई कक्षा कोठा फर्कने वातावरण बनाउनु पर्छ। आन्दोलनरत शिक्षकहरूसँग भएको विगतको सहमतिको आधारमा निर्णय गर्नुपर्छ। शिक्षकहरूको आवाजलाई दमन होइन, संवादबाट सम्बोधन गरौं। आन्दोलनरत शिक्षकहरु संग भएको विगतको सहमतिको आधारमा निर्णय गरेर चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्कने वातावरण बनाउनमा नै हामी सबैले काम गर्नु पर्ने छ, त्यही गरौं,’ उनले लेखेका छन्।

उनले विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक भएको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *