नेपाली डान्सले लोककथात्मक विधामा प्रथम

टेक्सास। २०२५ डान्स शोकेस युएसएमा नेपाली नृत्यले लोकसंस्कृतिसँग सम्वन्धित विधा “लोककथात्मक विधामा” प्रथम अवार्ड हात पारेको छ।
चार सय भन्दा बढी प्रस्तुतीहरुमा भएको प्रतिस्पर्धामा नेपाली अमेरिकन १५ बर्षिया लोकश्री आचार्य, १० बर्षीया शरलिना श्रेष्ठ र १२ बर्षीय आयाम आचार्यको संयुक्त प्रस्तुतीले उक्त अवार्ड हात पारेको हो।
साथै उक्त प्रस्तुतीले “जुनियर क्रिष्टल डोयट ट्रायव” विधाभा चौथो स्थान हिासिल गरेको छ। नेपालका लोकप्रिय गायक अमृत गुरुडले गायको चर्चित गीत “तालको पानी” मा उनीहरुले नृत्य प्रस्तुती गरेका थिए।
टेक्सासको लवक रिजनबाट सहभागी ४ सय प्रस्तुतीहरुमा भएको प्रतिस्पर्धाबाट उनीहरुले सो उपाधि हात पारेका हुन्। यही अप्रिल २५ देखि २७ गतेसम्म लवक मेमोरियल सिभिक सेन्टर थियटरमा आयोजित उक्त प्रतियोगिता नेपालबाट पहिलो पटक सहभागीता भएको लवकस्थित नाचघरका सन्चालक निशान खतिवडाले जानकारी दिए।
निशानकै कोरियोग्राफी एवं निर्देशनमा तयार गरिएको यो प्रस्तुति नेपाली समुदायबाट मुलधारको कार्यक्रममा सहभागीता पहिलो पटक हो।
टेक्सास राज्यका लवक, अमरेलो, एवलिन, ओडेसालगायत फोरटेलस न्युमेक्सिकोबाट सहभागिता रहेको आयोजक डान्स शोकेस युएसले बताएको छ। यो प्रतियोगिता यसअघि ओक्लोहोमा, एरिजोना र टेक्सासकै टायरल, अस्टिनमा सम्पन्न भैसकेको छ।
आगामी मे मा टेक्सासकै डलासमा आयोजना हुने रिजनल प्रतियोताको नेसनल चरण भने जुनको १६ देखि २२ मा सम्पन्न हुनेछ। रिजनल र नेशनल छुट्टा छुट्टै प्रतिश्पर्धाहरु रहेकोले रिजलन प्रतियोगितामा सहभागी प्रस्तुतीहरुले नेशनल प्रतियोगितामा पनि भाग लिन सक्ने बताइको छ।
प्राय आफ्नै समुदायमा सीमित अमेरिकी नेपालीसमुदायको तर्फबाट भएको यो सहभागिताले अमेरिकी समुदायमा नेपालको पहिचान स्थापित गर्ने विश्वास गरिएको छ। अमेरिकामा जन्मेर पनि नेपाली गीतमा नृत्य गरेर समुदायको गौरव वढाएकोमा नेपाली समुदाय हर्षित बनेको छ।
दुइ दशकदेखि लवक समुदायमा बसोवास गर्दै आएकी रत्न अधिकारी वाइन्लिडले यो अमेरिकी नेपाली समुदायका लागि गौरवको विषय हो। कल्चरल्ली हामी धनिमात्र होइन हामी योग्य पनि छौ जुन हाम्रा वालिवालिकाहरुले प्रमाणित गरेका छन्।
यहाँको टेक्सास टेक नामक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको संगठनका अध्यक्ष भावना थापाले यो उपलव्धि नेपाली अमेरिकी समुदायको गौरवको विषय भएको बताइन्। विदेशमा रहेपनि जन्मभूमि नेपालप्रतिको मायासम्मानार्थ आफूले योगदान गर्न पाएकोमा अविभावकहरुले पनि गर्व महसुस गरेको बताए।
Facebook Comment