आतंकवादलाई प्रश्रय दिएको भन्दै वीरगञ्जमा पाकिस्तान विरूद्ध प्रदर्शन

डिसी नेपाल
१५ वैशाख २०८२ ११:३४

काठमाडौं। भारतको जम्मु-कश्मीरस्थित पाहलगाममा २८ जनाको ज्यान जाने गरी भएको आतंकवादी आक्रमणमा पाकस्तानको हात रहेको दाबी गरिरहँदा वीरगञ्जमा पाकिस्तान सरकार विरूद्ध प्रदर्शन गरिएको छ। ‘देशभक्त युवा समूह’ नामक संस्थाले वीरगञ्जमा प्रदर्शन गरेको हो।

पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको र पाहलगाममा भएको आतंकवादी घटनामा आइएसआई जोडिएको भन्दै विरोध भइरहेका बेला नेपालमा पनि प्रदर्शन भएको हो। उनीहरुले पाकिस्तान सरकार विरूद्ध गरेका हुन्।

गत मंगलबार भारतको जम्मु-कश्मीरस्थित पाहलगाममा पर्यटकमाथि बन्दुकधारीहरूले गरेको आक्रमणमा एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो।

सो हमलापछि भारतले त्यसको सम्पूर्ण दोष पाकिस्तानमाथि लगाउँदै आएको छ। तर पाकिस्तानले भने सो आरोप अस्वीकार गर्दै आएको छ। पाहलगाम आक्रमणपछि भारत-पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *