भारतीय राष्ट्रपतिले गरिन् भारतीय कलाकारलाई पदमभुषण र पदमश्री सम्मान

डिसी नेपाल
१६ वैशाख २०८२ १०:४३

नयाँ दिल्ली। पद्म पुरस्कार २०२५ का विजेताहरूलाई सोमबार दिल्लीको राष्ट्रपति भवनमा भव्य समारोहमा सम्मान गरिएको थियो।

यस विशेष अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुले कला, सिनेमा र संगीत जगतका प्रतिष्ठित व्यक्तित्वहरूलाई पद्मभूषण र पद्मश्री जस्ता प्रतिष्ठित सम्मानले सम्मान गरेकी छन्।
सो कार्यक्रममा दक्षिण भारतीय सिनेमाका सुपरस्टार अजित कुमार, दिग्गज गायक अरिजित सिंह र प्रसिद्ध फिल्म निर्माता शेखर कपुरको उपस्थिति रहेको थियो।

अजित कुमारलाई पद्मभूषण प्रदान गरिएको घोषणा पछि उनका फ्यानमा खुसीको लहर छाएको छ। अवार्ड पाउँदा अजित निकै खुसी देखिएकासमेत थिए।

‘मासूम’, ‘मिस्टर इन्डिया’ र ‘ब्यान्डिट क्वीन’ जस्ता उत्कृष्ट फिल्मका लागि चर्चित फिल्म निर्देशक शेखर कपूरलाई पनि पद्मभूषणबाट सम्मानित गरिएको थियो। कालो रंगको शेरवानी लगाएका शेखर कपुरले अवार्ड ग्रहण गर्दै भारतीय सिनेमामा आफ्नो योगदानको स्मरण गरेका थिए।

गायक अरिजित सिंहको सुमधुर स्वरले लाखौंको मन छोयो उनलाई पद्मश्री अवार्ड दिइएको थियो। कार्यक्रममा अरिजित एकदमै सरल शैलीमा देखिएका थिए र आफ्ना फ्यानलाई धन्यवाद दिए।

यसका साथै स्वर्गीय गायक पंकज उधासलाई पनि मरणोपरान्त पद्मभूषण प्रदान गरिएको थियो। उनकी श्रीमती फरिदा पंकज उधासले यो अवार्ड लिदाँ  सबैका आँखामा आँसु ल्याइन्। पंकज उधासका गीतहरु आज पनि संगीत प्रेमीहरुको मनमा बसेका छन्। साउथका चर्चित अभिनेता नन्दमुरी बालकृष्णलाई पनि पद्मभूषणबाट सम्मानित गरिएको थियो। उनले अवार्ड ग्रहण गर्ने क्रममा परम्परागत शैलीमा समारोहमा पुगेर भारतीय संस्कृतिको सुन्दर चित्र प्रस्तुत गरेका थिए।

संगीत जगतसँग जोडिएका धेरै कलाकारको कुरा गर्दा जसपिन्दर नरुला, अश्विनी भिडे–देश पाण्डे, श्रीनगरका भक्ति गायक हरजिन्दर सिंह, लोक संगीतकार जोयना चरण बथरी र महावीर नायक जस्ता कलाकारलाई पनि पद्मश्रीले सम्मान गरिएको थियो।

चलचित्र तथा रंगमञ्च जगतका वरिष्ठ कलाकार अनन्त नाग र अशोक सराफलाई पनि अदभुत योगदानका लागि राष्ट्रपतिबाट सम्मान गरिएको थियो।

यस अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुले यी पुरस्कारहरू व्यक्तिगत उपलब्धिको सम्मान मात्र नभई भारतीय कला, संस्कृति र मनोरञ्जनको क्षेत्रमा उनको योगदानको कदर पनि भएको बताइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *