प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित

डिसी नेपाल
१६ वैशाख २०८२ १५:३८

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ।

मंगलबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार विधेयक २०८१ लाई पारित गरियोस भन्ने प्रस्तावलाई पारित गरेको हो।

त्यसअघि विधेयकमाथिको छलफलका उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भन्सार बिन्दूमा देखिएका बेथितिलाई रोक्दै अनियमितता नियन्त्रणका साथै राजस्व छल्न नदिने कुरामा सरकार गम्भीर रहेको बताए।

विभिन्न महासन्धीका साथै विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकाले नाताले नेपालले गर्नुपर्ने अभिभाराहलाई विधेयकमा सम्बोधन गरिएको उनले बताए। उनले समयसापेक्ष भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन नयाँ कानून आवश्यक रहेको उल्लेख यसले भन्सार क्षेत्रमा गुणात्मक सुधार ल्याउने जिकिर गरे।

त्यस्तै बैठकले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१ समेत पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले मन्त्रीपरिषद्को सिफारिसमा बैशाख १९ गते शुक्रवार दिउसो ३ बजे संघीय संसद्को दुवै सभाको संयुक्त बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *