छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला

डिसी नेपाल
१६ वैशाख २०८२ १७:११
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
दोलखाको विगु गाउँपालिका-३ बुलुङ बस्ने अन्दाजी ६५ वर्षीय मिर बहादुर गोले आफ्नै घर नजिक सडकमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
धनुषाको धनुषाधाम नगरपालिका-७ महटेर्वा बस्ने ६० वर्षीय जोगी महरा सोही ठाउँस्थित पोखरीको डिलमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
बाराको कलैया उपमहानगरपालिका-१६ उत्तर झिट्कैया बस्ने २७ वर्षीय सुवास कुमार यादव आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *