फिस्टुला रोगबारे अभिमुखीकरण

डिसी नेपाल
१९ मंसिर २०७६ ९:१६

दैलेख । महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’बारे अभिमुखीकरण तालीम दिइएको छ।

नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ।

फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो। महिलामा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्छ।

सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकाको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाल पर्छ । सन्तान जन्माइसकेपछि सुत्केरीलाई लगातार पिसाब बगिरहने हुनसक्छ।

मलाशयमा परेको दबाबले गर्दा गर्दा कहिलेकहीँ दिसा पनि चुहिने हुनसक्छ । यसरी दिसा र पिसाब दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिकरूपमा हुने कष्ट त छँदैछ, घर परिवारबाट पनि अपहेलित हुने अवस्था हुन्छ।

महिलामा देखिएको यो रोगको पहिचान र निःशुल्क उपचारका लागि सहज होस् भने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाका लागि यसबारे अभिमुखीकरण तालीमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले जानकारी दिए ।

उनले स्थानीयस्तरमा अझै पनि फिस्टुला भएका महिला खुलेर उपचार गर्न नआउने समस्या रहेको भन्दै नगरभित्रका महिला स्वयंसेविकालाई फिस्टुला कसरी हुन्छ र त्यसको उपचार विधि र उपचार गर्ने स्थानका बारेमा जानकारी गराइएको बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *