अबको राजनीतिक एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ : नेता सिंह

डिसी नेपाल
२० मंसिर २०७६ १७:५८

विराटनगर। नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले जनताले समृद्धि खोजेको भन्दै आर्थीक क्रान्ति नै अबको मुख्य एजेण्डा भएको बताएका छन्। गणेशमान सिंह फाउण्डेसन विराटनगरले शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले सबै राजनीचिक दल अब समृद्धिको अभियानमा लाग्नुपर्नेमा जोड दिए।

जनताले पटक पटकको आन्दोलनबाट प्राप्त परिवर्तन सहि अर्थमा संस्थागत नभएको भन्ने गुनासो जनताले गरिरहेको भन्दै उनले भने, “ परिवर्तन सही अर्थमा संस्थागत भएन भन्ने जनताको गुनासो छ। दलहरुले जसरी राजनीतिक परिवर्तन मिलेर गरे अब आर्थीक परिवर्तन ल्याउन पनि त्यसैगरि लाग्नुपर्छ।”

०४६ सालको जनआन्दोनपछि गणेशमान सिंहले राजनीतिक आन्दोलनबाट प्राप्त परिवर्तन टिकाइराख्न आर्थीक क्रान्तिमा जोड दिनुपर्छ भन्ने भनाई अहिले थप सान्दर्भिक भएको बताए । सबै दल मिलेर ल्याएको परिवर्तन संस्थागत गर्न आर्थीक क्रान्तिको आवश्यक्ता रहेको उनको भनाई थियो ।

“ आर्थिक क्रान्ति जुन पार्टीलृे गर्न सक्छ जनताले त्यही पार्टीलाई साथ दिन्छन् । आर्थीक क्रान्ति, देशलाई सम्पन्नताको बाटोमा लैजान समृद्धिको अभियानमा सबै दल लाग्नुपर्छ ,” उनले भने ।

त्यस्तै उनले आज पार्टी प्रवेश गरेर भोली नै अवसर खोज्ने चलन बढेको भन्दै चिन्ता पनि व्यक्त गरे । राजनीति सेवाका लागि लाग्नुपर्छ भन्ने कुरा गणेशमान सिंहबाट आजको पुस्ताले सिक्दा रामे हुने उनको सुझाव थियो ।

फाउण्डेसनको कार्यक्रममा सहभागि हुन विराटनगर पुगेका उनले कार्यक्रम अघि आधारभूत विद्यालय विराटनगरका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *