कमिश्नर सज्जनारको सनसनीपूर्ण बयान–‘यो इन्काउन्टर होइन, सिन रिक्रिएट गर्न गएका थिएनौं’
हैदराबाद। तेलंगनामा २७ नोभेम्बरमा अस्पतालबाट घर फर्किरहेकी भेटेरीनरी डाक्टरलाई सामूहिक बलात्कार गरियो । त्यसपछि डाक्टरको हत्या गरेर शवलाई जलाइदिए । यसका आरोपीहरुलाई शुक्रबार बिहान इन्काउन्टरमा मारियो । इन्काउन्टर त्यही ठाउँमा भएको थियो जहाँ उनीहरुले डाक्टरलाई बलात्कार गरी मारेका थिए । बिहान यो खबर फैलिएसँगै सडकदेखि संसद र सामाजिक संजालसम्म मानिसहरुले पुलिसको तारिफ गरे ।
यससँगै पुलिसको तरिकामाथि पनि प्रश्न उठेका थिए । घटनाको करिब १० घण्टापछि तेलंगना पुलिसका कमिश्नर भीसी सज्जनारले आफ्नो स्पष्टिकरण दिएका छन् । उनले भने ‘कानुनले आफ्नो काम गर्यो । यो इन्काउन्टर थिएन । हामी चाहन्थ्यौं कि आरोपीले आत्मसमर्पण गरुन् तर उनीहरुले मानेनन् र क्रस फयरिङमा मारिए । यही बीच शुक्रबार साँझ तेलंगना हाइकोर्टले राज्य रकारलाई इन्काउन्टरमा मारिएका चारैजना आरोपीको शव ९ डिसेम्बरको रात ८ बजेसम्म सुरक्षित राख्न आदेश दिएको छ ।
पुलिस कमिश्नर सज्जनारका अनुसार इन्काउन्टरको पूरा घटना यसरी भयो – ‘आरोपी हाम्रो हिरासतमा थिए । आरोपीले सोधपुछमा हत्यापछि डाक्टरको मोवाइल झाडीमा फालिदिएको बताएका थिए । त्यसपछि शुक्रबार बिहान पौने ६ बजे चारेजना आरोपीहरुलाई त्यही ठाउँमा ल्याइयो जहाँ डाक्टरको शव जलाइएको थियो । पुलिस त्यहाँ क्राइम सिन रिक्रिएट गर्न होइन पीडितको फोन खोज्न गएको थियो ।
कमिश्नर सज्जनारले अगाडि भने – ‘आरोपी एउटा बसमा थिए । उनीहरुसँग १० जना पुलिसकर्मी थिए । घटनास्थलमा हामी पीडितको फोन र अन्य सामान खोजिरहेका थियौं । त्यही बेला आरोपीहरुले डण्डा र ढुंगाले पुलिसकर्मीमाथि आक्रमण गरे । त्यसपछि दुई आरोपी आरिफ र चिंताकुंटाले हाम्रा दुई अफिसरको हतियार खोसे र फायरिङ गर्न थाले । पुलिसले त्यति हुँदा पनि संयम राख्यो । उनहिरुलाई पटक पटक आत्मसमर्पणका लागि भन्यौं तर उनीहरुले मानेनन् ।
कमिश्नर सज्जनारले अगाडि भने ‘त्यसपछि हामीले जवाफी फायरिङ गर्यौं । १५ मिनेटपछि जब फायरिङ रोकियो त्यसपछि पुलिसकर्मीले हेर्दा आरोपीहरुको मृत्यु भइसकेको थियो । उनीहरुलाई गोली लागेको थियो । यो सबै बिहान पौने ६ बजेदेखि सवा ६ बजेको बीचमा भयो । हामीले घटनास्थलबाट डाक्टरको मोवाइल फोन, पावर बैंक र हातेघडी बरामद गरेका छौं ।’
इन्काउन्टरमा उठेका प्रश्नमा कमिश्नरको जवाफ –
प्रश्नः के आरोपीहरुलाई हथकडी लगाएर लैजानुभएको थिएन ?
कमिश्नरः थिएन । आरोपीहरुलाई हथकडी बाँधिएको थिएन ।
प्रश्नः इन्काउन्टरको तरिकामा प्रश्न उठिरहेका छन् । के भन्नुहुन्छ ?
कमिश्नरः होइन । यो इन्काउन्टर थिएन । हामी त उनीहरुले आत्मसमर्पण गरुन् भन्ने चाहन्थ्यौं । जवाफी कारवाहीमा उनीहरु मारिए । कानुनले आफ्नो काम गर्यो । ल ह्याज डन इट्स ड्युटी ।
प्रश्नः दुई पुलिसकर्मी घाइते छन् के उनीहरुलाई पनि गोली लागेको छ ?
कमिश्नरः एक सब इन्सपेक्टर र एक कन्स्टेबल घाइते छन् । यी पुलिसकर्मी गोली लागेर घाइते भएका होइनन् । उनीहरुको उपचार भइरहेको छ ।
प्रश्नः यो घटनाको बारेमा के कसैले रिपोर्ट मागेको छ वा तपाइँ रिपोर्ट दिनुहुन्छ ?
कमिश्नरः हामी मानवअधिकार आयोग र राज्य सरकारलाई रिपोर्ट बुझाउनेछौं । हामी हरेक प्रश्नको जवाफ दिन तयार छौं ।
Facebook Comment