अर्जुन भन्दा पहिला सूर्य भगवानले प्राप्त गरेका थिए गीताको उपदेश
काठमाडौं। भगवान श्रीकृष्णले कुरुक्षेत्रको मैदानमा अर्जुनलाई गीताको उपदेश दिएका थिए। कुरुक्षेत्र मैदान गीताको उत्पति स्थान हो। कलियुगको सुरुवातको ३० वर्ष पहिला मात्रै गीताको जन्म भएको थियो। यसकारण मार्गशीर्ष शुल्कपक्षको एकादशीमा गीता जयन्ती मनाइन्छ।
जब श्रीकृष्ण अर्जुनलाई गीताको उपदेश दिइरहेका थिए तब श्रीकृष्णले यो उपदेश पहिला आफूले सूर्यदेवलाई लिइसकेको बताएका थिए। तब अर्जुनले आश्चर्य हुँदै भने–सूर्यदेव प्राचीन देवता हो। तपाईँ सूर्यदेवालाई कसरी उपदेश दिन सक्नुहुन्छ?’
तब श्रीकृष्णले भने–तिमी ती जन्मका विषयमा थाहा पाउँदैनौं तर म थाहा पाउँछु।’ यसरी गीताको ज्ञान सर्वप्रथम अर्जुनलाई होइन, सूर्य भगवानलाई प्राप्त भएको थियो।
जब भगवान श्रीकृष्ण कुरुक्षेत्रको मैदानमा अर्जुनलाई गीतको उपदेश दिइरहेका थिए, त्यो बेला संजय (धृतराष्ट्रका सारथी, जसलाई महर्षि वेदव्यासले दिव्य दृष्टि दिएका थिए) आफ्नो दिव्य दृष्टिले त्यो सबै देखिरेका थिए। र गीताको उपदेश उनले धृतराष्ट्रलाई सुनाएका थिए।
जब महर्षि वेदव्यासले मनै मन महाभारतको रचना गरे तब उनले पछि सोचे की यसलाई म आफ्ना शिष्यलाई कसरी पढाउँ? महर्षि वेदव्यासको मनको कुरा बुझेर स्वयं ब्रम्हा वेदव्यास भएको ठाउँमा आए। महर्षि वेदव्यासले ब्रम्हाजीलाई महाभारत ग्रन्थ रचनाको बारेमा जानकारी गराए र भने–यो पृथ्वीमा यसलाई लेख्ने कोही पनि छैन।’
त्यसपछि ब्रम्हाजीले भने– तपाईँ यो कामका लागि श्रीगणेशजीलाई आह्वान गर्नुस्।’ महर्षि वेदव्यासले भनेपछि महाभारत ग्रन्थको लेखन भयो। वेदव्यास भन्दै जान्थे, गणेशजी लेख्दै जान्थे। यही समय वेदव्यासले गणेशजीलाई गीतको उपदेश दिएका थिए।
भगवान गणेशले महाभारत ग्रन्थ लेखे। त्यसपछि महर्षि वेदव्यासले आफ्ना शिष्यलाई वैशम्पायन, ज्यामिनी, प्याल आदि शिष्यालाई महाभारतको गुढ सहस्यलाई बुझाए। यसै अन्तर्गत महर्षि वेदव्यासले गीताको ज्ञान पनि आफ्ना शिष्यलाई बताए।
Facebook Comment