बलात्कार प्रयासमा जेल पुगेका आरोपी धरौटीमा छुटे, उजुरी दिने युवतीलाई हँसियाले छप्काए
काठमाडौं। बलात्कार पीडित युवतीलाई जिउँदै जलाएर मारिएको भारतको उत्तर प्रदेशको घटना सेलाउन नपाउँदै भारतमै यस्तै अर्को घटना भएको छ । छत्तीसगढको कोरबा जिल्लामा एक युवतीलाई बलात्कारको प्रयास गरेको अभियोगमा जेल पुगेका अभियुक्तले जेलबाट धरौटीमा छुटेपछि ती युवतीलाई हँसियाले प्रहार गरेर मार्ने प्रयास गरेका छन् । यी आरोपी यिनै पीडित युवतीको उजुरीपछि जेल पुगेका थिए ।
जेलबाट छुटेर आएका आरोपील पहिले युवतीको घरभित्रै छिरेर उनीमाथि आक्रमण गरेका थिए । युवती ज्यान जोगाएर भागेपछि आरोपीले बीच सडकमा हँसियाले प्रहार गरेका हुन् । आरोपीलाई स्थानीयले घटनास्थलमै समातेर निर्घात कुटपिट गरेपछि पुलिको जिम्मा लगाएका छन् । गम्भीर घाइते युवतीलाई अस्पतालमा भर्ना गरिएको छ । घटना कोरबाको बुधबारी गाउँको हो ।
आरोपीको नाम इन्द्रपाल टोंडे हो । बताइएअनुसार इन्द्रपाल यी युवतीसँग एकतर्फी प्रेम गर्थे र कैयौं पटक यही विषयमा उनलाई सताइसकेका थिए । हैरान भएपछि युवतीले अर्को ठाउँमा सरेर भाडामा बस्न थालेकी थिइन् । ठाउँ नै सरेर जाँदा पनि इन्द्रपालले लगातार ताउने र बलात्कारको प्रयास समेत गरेपछि युवतीले पुलिसमा उजुरी गरेकी थिइन् । त्यसपछि पुलिसले उनलाई जेल पठाएकोमा केही दिनअघि मात्र उनी धरौटीमा छुटेका थिए ।
Facebook Comment