सञ्चारकर्मी लम्साल डा. अम्वेडकर अन्तराष्ट्रिय अवार्डबाट सम्मानित

डिसी नेपाल
२३ मंसिर २०७६ ७:४९

काठमाडौँ । सञ्चारकर्मी आरती लम्साल ‘डा. भिमराव अम्वेडकर अवार्ड–२०१९’ बाट सम्मानित भएकी छन्।

भारतीय संविधान निर्माता डा. अम्वेडकरको नामबाट स्थापित सो अवार्डबाट सञ्चारकर्मी लम्साल सम्मानित भएकी हुन्।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री अवार्डबाट लम्साललाई सम्मान गरेको हो।

जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याए बापत प्लम्साललाई सम्मान गरिएको अकादमीले जनाएको छ।

जातिय विभेद विरूद्ध अन्तरजातिय बिबाह गरेकी लम्सालले पछिल्लो समय विभेद विरूद्धको अभियान समेत चलाईरहेकी छन्।

कार्यक्रमा डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता बिमला गौचन सम्मानित भएकी छन्।

अग्रज समाजसेवी गौचन एकल महिला समुह म्याग्दीकी अध्यक्ष हुन। यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए।

भारतका केन्द्रीय सामाजिक न्याय मन्त्री एवं राज्य सभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए।

भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *